दाङ : दाङको तुलसीपुरमा १ भमेकमा बिहीबार देखि प्रथम हेमलाल कडेल ( क .प्रताप ) स्मृति टि २० क्रिकेट प्रतियोगिता २०८२ सुरु भएको छ। स्मृति प्रतिष्ठानको आयोजना तथा नयाँ वर्ष २०८२ को अवसरमा सञ्चालित प्रतियोगिताको उद्घाटन दाङ निर्वाचन क्षत्र न ३( ख ) प्रदेश सभा सदस्य धन बहादुर मास्कीले गरेका थिए । यसैबीच आज भएको उद्घाटन खेलमा वेष्टर्न क्रिकेट क्लब शान्तिनगरले बिजयी सुरुवात गरेको छ । सुनपुर ११ लाई १८ रनले पराजित गर्दै वेष्टर्न क्रिकेट क्लबले बिजयी सुरुवात गरेको हो ।
टस जित पहिले ब्याटिङ गरेको वेष्टर्नले निर्धारित १५ ओभरको खेलमा ५ बिकेटको नोक्सानमा १ सय ३७ बनाउन सफल भयो । जसमा वेष्टर्न क्रिकेट क्लबका मेघराज बिकले सर्वाधिक ५२ रनको अर्ध शतकीय पारी खेल्न सफल भए भने कप्तान गणेश पाण्डेले ४६ रन जोड्न सफल भए। बलिङ तर्फ सुनपुर ११ का हिमाल आचार्य र निश्चल सेर्पाइली समान २ / २ बिकेट लिन सफल भए। १ सय ३८ रनको बिजय लक्ष्य लिएर मैदानमा उत्रेको सुनपुर ११ निर्धारित १५ ओभरमा ७ बिकेटको क्षतिमा १ सय १९ रन बनाउन सफल भयो । सुनपुर ११ का लागि ओपनर ब्याट्स म्यान विशाल ग्रन्जाले ५४ रनको अर्ध शतकीय पारी खेले भने दिप्सन ग्रन्जा तथा सुजल वलीले क्रमश १६ र १५ रनको पारी खेले।
बलिङ तर्फ वेष्टर्न क्रिकेट क्लबका शोभित पाण्डे तथा मेघराज बिकले समान २ / २ बिकेट लिए। खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने वेष्टर्न क्रिकेट क्लबका मेघराज बिक म्यान अफ द म्याच भए । उनले नगद पाँच सय तथा मायाको चिनो प्राप्त गरे। प्रतियोगिताका संयोजक प्रमोद कँडेलको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि माननीय धन बहादुर मास्की, विशिष्ट अतिथि दाङ जिल्ला क्रिकेट सङ्घ क्यानका सचिव सन्जु केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन खेल व्यवस्थापक संयोजक खगेन्द्र नेपालीले गरेका थिए ।
यसैबीच प्रतियोगिता अन्तरगत शुक्रबार हुने पहिलो खेलमा तुलसीपुर क्रिकेट एकेडेमी र आयोजक भमके क्रिकेट क्लब भिड्नेछन् । खेल बिहान ७ बजेबाट सुरु हुनेछ । बैशाख २२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिम लाई नगद ५० हजार, कप, मेडल प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उपविजेता टिमले नगद २५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत विधा र्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार कप तथा मेडल, वेष्ट ब्याट्सम्यान र वेस्ट बलर लाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र तथा उदयमान खेलाडीलाई नगद दुई हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय र साथमा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा जिल्लामा स्थापित क्रिकेट क्लबका ११ टिमको सहभागिता रहेको छ ।
