दाङ : बबई गाउँपालिका ५ स्थित ट्वाङखोलामा रहेको झोलुगे पुलको पर्खाल भत्किएपछि स्थानीय बासिन्दा दैनिक जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका छन्। करिब १० / १५ वर्षअघि निर्माण गरिएको यो पुल बर्खायाममा खोला पार गर्ने एक मात्र विकल्प हो । पुलको भ¥याङ भत्किएको लामो समय हुँदा पनि हालसम्म मर्मत गरिएको छैन । पक्की पुलको अभावमा बबई गाउँपालिका १, ५ वडा नागरिकले बर्सातको समयमा खोला पार गर्न सास्ती भोग्दै आएका छन् । पानीको सतह बढ्दा वैकल्पिक बाटो नहुँदा झुलुंगे पुल प्रयोग गर्दै आएका छन् ।
खोला पक्की पुल नहुँदा झुलुङ्गे पुल बनेपछि थोरै भए पनि राहत महसुस गरेका स्थानीयहरू पुल जाने पर्खाल करिब एक महिनादेखि भत्किँदा समस्या भएको बताउँछन । स्थानीय सुशीला विकले सम्बन्धित निकायले चासो दिएर तत्काल मर्मत गरी पुल सुरक्षित बनाइदिन माग गरिन् । उनले भनिन्,‘ अहिले बर्खा लागेको छ । कति बेला खोला बढ्छ ,थाहा हुँदैन् । तर, मेरा छोराछोरी यहि पुलबाट विद्यालय जान्छन्, पुलको अवस्था यस्तो रहेको छ । ’
पक्की पुलको अभावमा यही पुल बर्खामा एक मात्र विकल्प भएको हुँदला त्यसैले यसको मर्मत गर्ने सम्बन्धित निकायले छिट्टो ध्यान दिनु पर्ने उनले बताइन । यस्तै अर्का स्थानीयले यो भत्किएको एक महिना बढि हुन लाग्दा समेत स्थानीय सरकार मौन बसेको छ । हामीलाई खोला वारीपारी गर्न सहज भएको पुलको पर्खाल भत्किदा समेत देखे पनि नदेखे जस्तै गर्नु निकै दुखको कुरा भएको बताए । उनले भने,‘ यदि खोलामा पक्की पुल भएको भएपनि हामीलाई केहि भन्नु थिएन्, यस पटक पनि खोलामा पुल बनेन्, तर, सबैले प्रयोग गर्ने पुल नै यहि हो । यो पनि भत्किएको छ । यो चाडो भन्दा चाडो बनाउन आग्रह गर्दछु ।’
पुलमा जानको लागि पर्खाल भत्किएपछि जोखिम रहेको भन्दै यसलाई तत्काल बनाउने योजना रहेको बबई गाउँपालिका ५ की महिला वडासदस्य नोखी डाँगले बताइन् । ट्वाङखोलामा पहिला सहजको लागि ह्युमपाइप राखेको भएयता पनि पुल निर्माणको क्रममा रहेको हुँदा उक्त ह्युमपाइप हटाएपछि अहिले समस्या भइरहेको भन्दै खोला आएको समयमा आवत जावत गर्न झुलुङ्गे पुल नै काम लाग्ने भएकाले वडाबाट वा गाउँपालिकाबाट यसको छिट्टो मर्मत गर्ने उनको भनाइ छ ।
