दाङ : बिजौरी उद्योग वाणिज्य सङ्घको १२ औं साधारणसभा तथा स्वागत -सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य दिल्ली बहादुर चौधरीलाई बिजौरी क्षेत्रलाई नयाँ ऊर्जावान् शहरका रुपमा विकास गर्न सहयोगको प्रस्ताव गरेका छन् ।
बिजौरी उद्योग वाणिज्य सङ्घले गरेको प्रस्तावमा भर्खरै उदयमान भएको बजार बिजौरीलाई कृषि एवं व्यवसयीक प्रवर्द्धनको भविष्य कोर्न पनि सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि सहयोगको अपेक्षा गरिएको छ । नजिकै तुलसीपुर बजार हुदाँहुदै पनि बिजौरीलाई पनि अर्को बजारका रुपमा जागरण ल्याउन विभिन्न विकल्पहरू उद्योग वाणिज्य सङ्घ बिजौरीले अघि सारेको छ ।‘बिजौरी त्यो वेला मात्र स्थापित हुनेछ, जतिबेला बिजौरी भएर रोल्पा जोडिने सहिद मार्ग होलेरी—दहवन— बिजौरी हुँदै पूर्वपश्चिम राजमार्गको जलकुण्डीमा जोडिने छ ।
’साधारणसभामा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले समावेशी र समानुपातिक विकासमा आफू जहिले पनि सकारात्मक भएको भन्दै जनताको आवश्यकतालाई मध्यनजर गर्दै सङ्घले उठाएका मागहरूलाई आफले सक्दो पहल गरिरहेको र गर्ने पनि प्रतिवद्धता व्यक्त गरे । ‘बिजौरीलाई रोल्पासँग जोड्ने यो मध्यमार्ग हो र इन्धन खपत कम गर्न पनि राज्यले यो सडकलाई दीर्घकालीन रुपमा सञ्चालनमा ल्याउनुपर्छ भन्नेमा म एकदमै विश्वस्त छु’, प्रमुख अतिथि चौधरीले भने । बिजौरीसँग रोल्पा जोडिएपछि जलकुण्डीसम्म लैजान धेरै समस्या छैन ।
सोही कार्यक्रममा प्रमुख अतिथि चौधरीले बिजौरी कुनैबेला मध्य दाङकै व्यापारिक ट्रान्जिट हुने भएकाले पनि यो क्षेत्रको प्रवर्द्धन गर्नु आफ्नो दायित्व भएको बताए ।साथै उनले बिजौरी बजारको व्यवसयीक सुरक्षा सबैभन्दा पहिले व्यवसायीहरू सचेत हुनपर्ने भन्दै थप सहयोगका लागी आवश्यक हाइम्याक्स लाइट र सिसि क्यामेराको प्रबन्ध गर्ने पनि प्रतिवद्धता जनाए । साथै उनले आन्तरिक स्वरोजगारको वातावरण मिलाउन पनि प्रदेश सरकार लागिरहेको भन्दै सह- लगानीमा व्यवसयीक प्रवर्द्धन गर्न लुम्बिनी प्रदेश सरकार तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले स्थानीय स्तरमै स्वरोजगार सृजना गर्न सबैले हातेमालो गर्नुपर्ने बताए ।‘यहाँ केही छैन है भन्ने गलत भाष्य जनमानसमा व्याप्त छ, तर यहाँ धेरै सम्भावनाहरू छन् भन्न उद्योग वाणिज्य सङ्घ र उद्यमी व्यवसायीहरूले भन्न सक्नु पर्दछ’, विशिष्ट अतिथि केसीले भने । युवा पलायनलाई रोक्न सङ्घहरूको अहम् भूमिका हुने भन्दै आवश्यकता अनुसारको रोजगारी सृजना गर्नु सबै उद्योग वाणिज्य सङ्घको दायित्व भएको पनि बताए ।
‘विदेश गएर जेजे गर्न पनि हामीले पठाएकाहरूले सक्छन् भने यहाँ किन सक्दैनन् ? प्रश्न गर्दै अध्यक्ष केसी भने, आफ्नै देशमा जुनसुकै व्यवसाय गर्न युवाहरू लजाउने संस्कृति हुनु हुन्न । कार्यक्रममा सहभागि सबैको यस्तै धारण थियो । स्थानीय स्तरमै स्वरोजगार सृजना गर्ने, त्यसका लागी आवश्यक पूर्वाधार स्थानीय सरकार, सिङ्घिया सरकार र प्रदेश सरकारले सहजीकरण एवं सम्बोधन गर्नुपर्ने, तथा लाभग्राहीहरू पनि यही मार्गमा लाग्ने सुझाव सबैले दिएका छन् ।
यद्यपि विजौरीदेखि रोल्पालाई जोड्ने सबैभन्दा छोटो र सुगम मार्ग हो । दाङको क्षेत्र भनेको ग्वारखोलाको रानीवास सम्म मात्रै हो । रानीवासमा पुल निर्माण भएपछि ग्लारखोला तरेर सोझै रोल्पाको दहवन मात्रै होइन सल्यान र रुकुम पनि जोडिन्छ ।तर ग्वारखोलामा पक्कि पुलन बनाउन राजनिति भएको सभाका सहभागिहरुले बताएका छन् । बजेट विनियोजन भएको पक्कि पुलको पनि ठेक्का आहवान गरीएन । यसमा केही केन्द्रिय नेताहरुले अवरोध गरेका छन् ।
केन्द्रिय नेताहरुले ग्वारखोलालाइ हाइड्यामको प्रस्ताव गरेकाले पक्कि पुलको अर्थ नरहेको भन्दै ठेक्का संझौता पनि रोकेपछि ग्लारखोलामा स्थानियले कम्तिमा अटो र मोटरसाइकल चल्ने पक्कि पुल बनाएपछि यसले राज्यलाइ पनि नैतिक दवाव भने सृजना गरेको छ ।बिजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको साधारणसभामा बोल्ने सवै बक्ताहरुले बिजौरी बजारलाइ चलायमान गराउन आग्रह गरेका थिए ।
त्यसका लागी आवश्यक व्यवसयीक सुरक्ष, औद्योगिक पूर्वाधार एवं रात्रिकालिन व्यवसाय सन्चालनकालागी पनि पहल गर्न आग्रह गरेका थिए । वाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष नरेश श्रेष्ठ, नारायणपुर उद्योग वाणिज्य सङ्घका अनिल बस्नेत, वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डा प्रदिप गौतम, बिजौरी उद्योग वाणिज्य सङ्घका संस्थापक महासचिव मुकेश वली,रेडक्रस सोसायिटि विजौरीका प्रमुख वालकृष्ण रेग्मी, तुलसीपुर उपमहानगरपालिका—१६ का अध्यक्ष शिवानन्द डांगि, बिजौरी उद्योग वाणिज्य सङ्घका संस्थापक उपाध्यक्ष पुष्पा डांगी, एमाले तुलसीपुर १८ का कमानसिहं खड्का, नेपाली कांग्रेस तुलसीपुर १८ का सचिव विदुर गौतम, नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका—१९ का सभापति पदम वली, तुलसीपुर उपमनपा—१९ का लोक बहादुर रोका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा नियमित रुपमा व्यवसयीक दर्ता कर समयमै तिर्ने बिजौरी उद्योग वाणिज्य सङ्घका सदस्य सुरज बहादुर वलीलाई सम्मान गरिएको थियोे ।त्यस्तै सङ्घले सस्थालाई २५ हजार रुपैया भन्दा माथि गर्ने सहयोग गर्ने दाताहरुलाई आजिबन सदस्ता प्रदान गरेको छ । कार्यक्रममा वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा निर्वाचित र बिजौरी रेडक्रसमा निर्वाचित सवै पदाधिकारीहरुलाइ पनि सम्मान गरिएको थियो ।
बिजौरी उद्योग वाणिज्यसंघका महासचिव दिपक बस्नेतले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष चित्र खडकाले धन्यवाद ज्ञापन गरेका थिए । औपचारीक कार्यक्रमसंगै सुरु भएको बन्द सत्रले महासचिव दीपक कुमार बस्नेतले बार्सिक प्रतिबेदन र कोषाध्यक्ष कर्ण बहादुर वलिले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मतले पारीत गरेको छ ।
