दाङ : लुम्बिनी प्रदेशसभाले चालु अधिवेशन अन्त्य गरेको छ । भदौ ३१ गते राति १२ बजेदेखि लाग हुने गरी प्रदेश सभाको चालु छैटौँ अधिवेशन अन्त्य गरेको सूचना मार्फत जानकारी दिइएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेशन अन्त्य गरेको कुरा प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बिहीबार सूचना मार्फत अवगत गराएका छन् ।
छैटौँ अधिवेशन गत वैशाख ३१ गतेदेखि सुचारु भएको थियो। प्रदेशसभा सचिवालयका अनुसार चार महिनामा प्रदेशसभाका १७ वटा बैठक बसेका थिए। प्रदेशसभा सचिव पुनले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख घर्ती मगरले अधिवेशन अन्त्य गरेको र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यलाई अधिवेशन अन्त्य बारे जानकारी दिइएको छ ।
