दाङ : त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले पश्चिम दाङको हापुरेबाट सिधा काठमाण्डौका लागि बस सेवा सञ्चालनमा ल्याएको छ । प्रालिले सोमबारदेखि मुख्य व्यापारिक केन्द्र हापुरेबाट सिधा काठमाण्डौका लागि कस्तुरी एर बस सेवा सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सुरेश हमालले हापुरे पुगेर यात्रुहरूलाई खादा लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा अध्यक्ष हमालले यात्रुहरूको माग अनुसार आफूहरूले हापुरे काठमाडौँ बस सेवा सुरु गरेको बताए । पहिलो दिन प्रालिले पहिलो टिकट काटेका यात्रुलाई भाडामा ५० प्रतिशत छुट दिएको छ । प्रालिले हापुरे देखि काठमाण्डौका लागि एक हजार ९५० रुपैयाँ भाडादर तय गरेको छ ।
प्रालिले पश्चिम दाङका यात्रुहरूको सुविधाका लागि हापुरे टिकट काउन्टर बाटै भारतको दिल्ली लगायत मुक्तिनाथ, विराटनगर, पोखरा, वीरगञ्ज , महेन्द्रनगर लगायतका शहरहरूमा यात्रा गर्ने यात्रुका लागि हापुरे लगायत सबै टिकट काउन्टरहरूबाट टिकट काट्न सक्ने ब्यवस्था मिलाएको अध्यक्ष हमालले जानकारी दिए ।
