दंगीशरण, दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ५ ले समावेसी तर्फ दलित लक्षित कार्यक्रम अन्र्तगत बङ्गुरका पाठा वितरण गरेको छ । आर्थिक उपार्जनमा थोरै भएपनि सहयोग पुर्याउने उदेश्यका साथ अर्थिक बर्ष २०८०÷०८१ को बजेट मार्फत वडाबाट १ लाख ५० हजार बिनियोजन गरिएको थियो । सोही अनुरुप हिजो आइतबार एक कार्यक्रमका बिच बंगुरका पाठा वितरण गरीएको वडा सचिव प्रेम प्रकश चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले पुर्वाधारको काम मात्र नभइ मानविय विकास तथा आर्थिक विकासको कार्यक्रम सँगै सिपमुलक कार्यक्रमलार्इ पनि प्राथमिकताका साथ अगाडि वढाएको बताउनुभयो ।
गाउँपालिकाभित्र बसोबास गर्ने हरेक विपन्न दलितहरुको आर्थिक अवस्था सवल र मजबुत हुनु नै सिङ्गो गाउँपालिका समुन्नत हुने उहाँको भनाई छ । सो अवसरमा वडा नम्बर ५ का वडा अध्यक्ष निरज बस्नेतले आफु निर्वाचित भएर आएपछी हरेक बर्ष दलित लक्षित कार्यक्रम गरेको र बिगतको बर्षमा पनि बजेट बिनियोजित गरीएको तर प्राविधिक कारणले वितरण गर्न नसकिएको बताउनुभयो । वडा नम्बर ५ की दलित महिला वडा सदस्य सुमित्रा विकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डे, वडा सदस्य भुम प्रसाद देबकोटा लगाएतको सहभागिता रहेको थियो ।
