दाङ : ६० औं रक्तसञ्चार दिवस स्थापनाको अवसरमा मंगलबार हिमाल एकाडेमी, तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दाङ रेडक्रसको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा शिक्षक र विद्यार्थी गरी ४६ जनाले रक्तदान गरेका छन्। रक्तदान तथा रक्तदाता उत्प्रेरणा कार्यक्रम अन्तर्गत लमही, घोराही र तुलसीपुर क्षेत्रका विभिन्न क्याम्पस तथा विद्यालयमा सञ्चालन गरिएको साताव्यापी कार्यक्रम आज समापन गरिएको हो।
विद्यालयमा हरेक वर्ष २/२ पटक रक्तदान कार्यक्रम गर्दै आएको रगत अभावमा कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको प्रधानाध्यापक मधुसुदन केसीले बताए। यस वर्ष कार्यक्रम फरक ढंगले सञ्चालन गरिएको र थप उपलब्धिमूलक बनेको दाङ रेडक्रसका उपसभापति हरिहर पौडेलले बताए। कार्यक्रममा विद्यालयका हेडसर नवीन कुमार पराजुली, रेडक्रसका कुशल तर्ताल, विमल ओली, सुष्मा भण्डारीलगायतको उपस्थिति रहेको थियो।
