नवलपरासी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेलक्षेत्रमा उत्कृष्टता हासिल गर्नेहरुका लागि अवसरको कमी नभएको बताए । सुनवल नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको रमवापुर माध्यमिक विद्यालयमा बुधवार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रमा उत्कृष्टता हासिल गर्नेहरूलाई अवसरको कमी नरहेको बताए ।सरकारले खेल क्षेत्रको पूर्वाधार विकास देखी विद्यालय तहबाट खेलाडी उत्पादन गर्ने काममा प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नु भएको हो ।
‘कुनै समय थियो खेल भनेपछि अभिभावक पनि टाढिने, घरबाट समेत अवसर नदिने अवस्था थियो । तर, अहिले त्यस्तो छैन । समय फेरिएको छ । खेल क्षेत्रमा प्रसस्त अवसरहरू छन ’ उनले भने ,‘सरकारले नै खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’ सबै खेल विधालाई सरकारले समान रूपमा प्राथमिकतामा राखेर अघि बढाइरहेको समेत बताउनु भयो ।‘देशको पहिचान र चिनारी खेल क्षेत्रले दिएको छ । विश्व जगतमा नेपालको नाम अव खेलकुदबाट चिनिन थालेको छ ।
यो सुखद विषय हो’ उनले भने ,‘राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा चर्चा हुन थालेको छ ।’ तीन तहका सरकारले खेल क्षेत्रको समान विकास गर्न प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ । खेलको माध्यमबाट पर्यटकहरू भित्र्याउन सकिने र त्यसले आर्थिक विकासमा समेत योगदान गर्ने बताए ।‘अहिले खेलको माध्यमबाट पर्यटकहरू नेपाल भित्रिने क्रम बढेको छ । विद्यालय तहबाटै खेलाडी उत्पादनका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरे । रमवापुर माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण योगदान पु¥याएको र अन्य विद्यालयहरुको लागि स्रो तकेन्द्रको रुपमा स्थापित भएको बताए ।
