दाङ : शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो जन्मदिनको अवसरमा शान्तिनगर गाउँपालिका ३ का स्वर्गीय भविलाल घर्तीको परिवारलाई आर्थिक सहयोग गरेका छन् । उनले ९३ वर्षीय घर्तीको केही दिन अगाडि निधन भएपछि उनको परिवारलाई दुखको समयमा थोरै भएपछि राहत मिलोस्, भनेर आफूले जन्मदिनको अवसरमा १० हजार नगद सहयोग गरेको अध्यक्ष बस्नेतले बताए ।
उनले भने,‘ पछिल्लो समय जन्मोत्सव मनाउने नाममा धेरै फजुलमा खर्च गरेको पाइन्छ । तर, मैले फजुलमा खर्च गर्नु भन्दा पनि दिनदुःखीलाई थोरै भएपछि सहयोग गर्नुपर्छ, भनेर बर्सेनी जन्मदिनको अवसरमा सहयोग गर्दै आइरहेको छु । गत वर्ष शान्तिनगर १ का विद्यालयमा विद्यार्थीहरूलाई सहयोग गरेको थिए । यस पटक यहाँको समस्यामा बारेमा मलाई जानकारी भएपछि थोरै भएपछि सहयोग गरेको हु !’ स्वर्गीय घर्ती अविवाहित भएको र उहाँको आफन्तहरू कोही नभएको र केही पनि नभएको र दाजु भाइका छोराहरू रहेको र उनीहरूको आर्थिक अवस्था पनि कमजोर रहेको भन्ने कुरा वडाध्यक्षले जानकारी दिएपछि आफ्नो जन्मदिन माघ ५ गते शनिबार परेको हुँदा आइतबार सहयोग गरेको उनले बताए ।
यस्तै उनले फजुलमा खर्च गर्नु भन्दा पनि समुदाय स्तरमा यस्तै दिनदुःखीलाई सहयोग गरेर आफ्नो जन्मउत्सव मनाउन पाउँदा धेरै खुशी लाग्ने गरेको समेत बताए । यस्तै उनले समाजमा परिवर्तन गर्नको लागि सबैले यसरी नै सामाजिक कार्य गर्न आवश्यक रहेको समेत बताए । उनले भने,‘ जन्मदिन मात्र नभई विभिन्न उत्सवहरू अहिले मनाउने चलन बढिरहेको छ । तर, मेरो भनाइ के छ, भने हाम्रो सानो सहयोगलाई कसैलाई दुई छाक खान पुग्छ, भने त्यो भन्दै धर्म कर्मको काम हो । त्यसैले सबैलाई मैले यसरी नै आफ्नो उत्सवहरू मनाउन आग्रह गर्दछु । ’
