दंगीशरण : प्रथम दंगीशरण कृषि पर्यटन तथा व्यापारीका महोत्सव २०८१ को सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सव मूल समितिका संयोजक अजय बुढाथोकीले जानकारी दिए ।
पुस २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डी बजारमा चल्ने व्यापारिक महोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष शम्भु गिरीले गर्ने मूल आयोजक समितिले बताएको छ । गाउँपालिकाका पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको आयोजक फ्रेन्ड्स स्केट जोन प्रालिले जानकारी गराएको छ ।
१० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उद्यान, डुङ्गा ,स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरू सहितको स्टलहरू रहने छ्न । मेलामा प्रवेश शुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएको छ ।
आइतबार उद्घाटन हुने महोत्सवमा उपस्थितिका लागि सबैमा निमन्त्रणा गरिएको मूल आयोजक समितिले बताएको छ ।स्थानीय स्तरमा सञ्चालन हुन लागेको प्रथम महोत्सव सफल पार्न सबैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मूल आयोजक समितिले सबैमा आग्रह गरेको छ ।
